समाचार

सार्क राष्ट्रको पहलमा निर्माण हुने कोषमा १० करोड योगदान गर्ने घोषणा

By खबरहब

March 20, 2020

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकले स्थापना गरेको कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्क मुलुकहरुले बनाउने कोषमा १० करोड रुपैया दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले उक्त फण्डका लागि १० करोड रुपैयाँ छुट्याउने घोषणा गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा गत आइतबार सार्ककका नेताहरु बीच भएको भिडियो कन्फ्रेन्सका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि इमर्जेन्सी फण्ड स्थापना गर्ने घोषणा गरेका थिए ।

त्यसबेला भारतीय प्रधानमन्त्रीले १ करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए ।