फाइल फोटो

राजनीति

सांसद सरिता गिरीलाई पक्राउको माग गर्दै प्रहरीमा उजुरी

By खबरहब

June 20, 2020

काठमाडौँ – समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ।

गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो ।

महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले शुक्रबार उजुरी दिएका हुन् ।

सांसद गिरी जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको अभिव्यक्ति दिएकी थिइन्।

उजुरीमा गिरीको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गरिएको छ।

गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार हदैसम्मको सजाय गर्न माग गरिएको छ।