क्रिकेट

दक्षिण अफ्रिकाका दुई क्रिकेटरमा कोरोना संक्रमण

By खबरहब

August 20, 2020

काठमाडौं – दक्षिण अफ्रिकाको पुरुष क्रिकेट टीमका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। क्रिकेट दक्षिण अफ्रिकाले ५० जना खेलाडीको कोरोना परीक्षण गराएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

क्रिकेट अफ्रिकाले संक्रमण पुष्टि भएका खेलाडीको नाम भने सार्वजनिक गरेको छैन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी र अफिसियलसहित ५० जनाको कोरोना जाँच गरिएको थियो । अगस्ट १८–२२ सम्म चल्ने पुरुष टिमको कल्चरल क्याम्प अगाडि उनीहरुको कोरोना परीक्षण गराइएको हो ।

कोरोना संक्रमण देखिएका खेलाडीले क्याम्पमा गुमाउने भएका छन् ।

कल्चरल क्याम्पले दक्षिण अफ्रिकामा बढ्दै गएको जातिवादी मद्दा घटाउन मद्दत गर्ने भन्दै सुरु गर्न लागिएको हो । खेलाडीहरुलाई कार्यशाला दिइने छ । जसमा टिमको पहिचान, वातावरण र आगामि यात्राका लागि लक्ष्य तय हुने जनाइएको छ ।