समाचार

हालसम्म १७ हजार ९६४ ले जिते कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)

By खबरहब

August 20, 2020

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० थियो ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ११४४ जना

प्रदेश २ मा ३८७७ जना

वाग्मती प्रदेश ७२४ जना

गण्डकी प्रदेशमा १५७५ जना

प्रदेश ५ मा ४३२८ जना

कर्णाली प्रदेशमा १९७० जना

सुदूरपश्चिम प्रदेशमा ४३४६ जना

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको थियो । आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।