समाचार

कैलाली र कञ्चनपुरमा थपिए ६४ कोरोना संक्रमित

By खबरहब

August 20, 2020

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै कैलाली र कञ्चनपुरमा गरी थप ६४ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

नयाँ थप थपिएका संक्रमित मध्ये १८जना महिला र ४६ सम्म पुरुष रहेका छन् । संक्रमितमध्ये कैलालीका ५० जनाको र कञ्चनपुरका १४ जना छन् ।

संक्रमितमध्ये ८, ९ र १३ वर्षकी तीन जना बालिका, ६,७,८र १० वर्षका बालक समेत रहेका छन् ।