देश/प्रदेश

काठमाडौँ उपत्यकाका ६ सहित १० संक्रमितको मृत्यु

By खबरहब

September 20, 2020

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन्।

साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै पाल्पामा ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।