दाङमा होम आइसोलेनमा बसेका संक्रमितको मृत्यु

By खबरहब

October 20, 2020

दाङ- दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ ।

लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको  आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए ।

काठमाडौंबाट जण्डिसको उपचारपछि एक साताअघि घर फर्किएका उनमा कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा संक्रमण पुष्टि भएको थियो ।