रोचक/विचित्र संसार

भेटियो दुर्लभ गुलावी रंगको हीरा, लिलाम मुल्य झण्डै साढे ४ अर्ब

By खबरहब

October 20, 2020

अहिलेसम्म तपाईंले जुन हीरा देख्नु भएको छ त्यो सेतो र पारदर्शी मात्र होला । तर के तपाईंले कहिल्यै बैजनी÷गुलाबी रंगको हीरा देख्नु भएको छ ।

रूसमा उत्खननका क्रममा एक हीरा सेतो र पारदर्शी नभई हल्का बैजनी र गुलाबी रंगको भेटिएको छ । दुर्लभ अण्डाकार आकारको यस हीराको नाम द स्पिरिट अफ द रोज राखिएको छ । यस हीरालाई रूसी हीरा कम्पनी अलरोसाद्वारा उत्खनन गरी निकालिएको हो । यो १४ दशमलव ८३ क्यारेटको रहेको छ ।

उक्त हीरालाई लिलामी गर्न राखिएको छ । अत्यन्त दुर्लभ मानिएको यस हीराको लिलामी मुल्य ३८ मिलियन डलर अर्थात झण्डै साढे ४ अर्ब नेपाली रुपैयाँ राखिएको छ । यसलाई सोथबी नामक ऐजेन्सी लिलामी गर्नेछ ।