फाइल तस्वीर

राजनीति

राजीनामालगत्तै वर्षमानले छाडे क्वार्टर

By खबरहब

December 20, 2020

काठमाडौँ– ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् ।

पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।