मनोरञ्जन

‘सेल्फी किङ’ को गीत: पीडामा विपिन (भिडियो)

By खबरहब

January 21, 2020

काठमाडौं – विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को गीत सार्वजनिक गरिएको छ । माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

आफन्त गुमाउँदाको पीडा समेटिएको गीतमा विपिनलाई देख्न सकिन्छ । गीतमा सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यस्तै गीतमा सुभाष भुसालले संगीत दिएका हुन् ।

विशाल सापकोटाले निर्देशन गरेको फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा कथा निर्देशक सापकोटाकै रहेको छ । दिनेश राउत र सुभाष थापाको निर्माणमा बनेको यो फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।

एक हास्यकलाकारको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।