राजनीति

कमिसन प्रकरणबारे विप्लवको विज्ञप्तिः ओलीका असली ‘चेला’को काण्डले देश लज्जित छ !

By खबरहब

February 21, 2020

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव समूहले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका असली ‘चेला’ले देश लज्जित भएको टिप्पणी गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी विप्लव नेकपाले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ, देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

यस्तो छ विज्ञप्ति