रोचक/विचित्र संसार

कुकुरलाई सिंह सम्झेर त्रसित बनेपछि स्थानीयले गरे प्रहरीलाई फोन  

By खबरहब

March 21, 2020

मड्रिड- हालै स्पेनमा एउटा रोचक घटना घटेको छ ।  मोलिना डे सेगुरा शहरमा मानिसहरुले सडकमा डुलिरहेको कुकुरलाई सिंह सम्झेर तर्सिएका छन् ।

उनीहरुले डराएर पुलिसलाई फोन गरे । पुलिसले जाँच गर्दा त्यो सिंह नभइ कुकुर भएको खुलेको छ ।

पुलिसले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । पुलिसका अनुसार एकभन्दा धेरै मानिसहरुले छुट्टाछुट्टै फोन गरेर शहरमा सिंह घुमिरहेको जानकारी दिएका थिए ।

पुलिसले सबैभन्दा पहिले त्यो जनावरलाई समातेर उसको शरीरमा लगाइएको माइक्रोचिप स्क्यान गरेर हेरेको थियो । जाँचमा त्यो सिंह नभइ पाल्तु कुकुर भएको पाइएको हो ।

सामाजिक संजालमा यसको तस्वीर भाइरल भइरहेको छ । खामा त्यो ठूलो कुकुरको रौं यसरी काटिएको थियो कि त्यो सिंहजस्तै देखिन्थ्यो । पुलिसले कुकुरलाई मालिककहाँ पुर्याइएको बताएको छ ।