अन्तर्राष्ट्रिय

कोरोनाबारे प्रश्न सोधेपछि ट्रम्पले भने, तपाईं खराब पत्रकार हो

By खबरहब

March 21, 2020

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एनबीसी टेलिभिजनका एकजना पत्रकार बीच भनाभन भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने विषयमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र पत्रकारबीच भनाभन भएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न गठित कार्यदलको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले एनबीसी टेलिभिजनका लागि ह्वाइट हाउसका संवाददाता पिटर अलेक्जाण्डरलाई हप्काएका हुन् । पत्रकार सम्मेलनका क्रममा पिटर अलेक्जाण्डरले ट्रम्पलाई कोरोना भाइरसबाट डराइरहेका अमेरिकीहरुलाई के भन्न चाहनुहुन्छ ? भनी प्रश्न गरेका थिए ।

जवाफमा ट्रम्पले यस्तो भनेका थिए, ‘म के भन्न चाहन्छु भने तपाईं खराब रिपोर्टर हो । म यही भन्न चाहन्छु । मलाई यो निकै खराब प्रश्न लागेको छ र मेरो विचारमा तपाई अमेरिकी जनतासमक्ष निकै खराब सन्देश दिइरहनुभएको छ ।’