नवलपरासी – पूर्वीनवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान भागेका छन् ।
गत सोमबार भारतबाट आएका १ जना र उनीसँगै रहेका अरु २ जनालाई सोमबार साँझ वडा नम्वर १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए ।
उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।
कावासोती नगरपालिकाभित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । वडाध्यक्ष पन्तकाअनुसार उनीहरुले नगरप्रहरीलाई छलेर भागेका थिए ।
भागेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।