अन्तर्राष्ट्रिय

रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

By खबरहब

June 21, 2020

काठमाडौं – रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १६१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८ हजार २ पुगेको हो ।

एकै दिन ७ हजार ८८९ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ७६ हजार ९५२ जना संक्रमित भएका छन् ।

२ लाख ३४ हजार ३५८ जनाको उपचार भइरहेको छ भने ३ लाख ३४ हजार ५९२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।