रोचक/विचित्र संसार

अन्तरिक्षमा पानी भालू !

By खबरहब

September 21, 2020

अहिलेसम्म तपाईले जगंलको भालू देख्नु भएको होला । तर आज हामी पानीमा रहने भालुको बारेमा चर्चा गर्नेछौ ।

विश्वमा कैयौं अनौठा जनावर रहेका छन् । त्यस मध्ये एक हो, पानीको भालू । यो भालू आफैमा अचम्मको जनावर त छ नै त्यस अलावा यसका केहि बिषेशताले यसलाई अझ खास बनाएको छ ।

पानीमा पाइने भालूको सबैभन्दा ठुलो विशेषत भनेको यो जुनै परिस्थिति, मौसम र वातावरणमा आफुलाई जीवित रहन सक्छ । यो पानी भालू अत्यधिक चिसो, बरफ वा गर्मीमा पनि जीवित रहन सक्दछ । यसको यहि क्षमताका कारण यो जीव अन्तरिक्षमा समेत जीवित रहन सक्ने आकंलन गरिएको छ ।

यसलाई टार्डिग्रेडका नामले समेत चिनिन्छ । यसलाई आम भाषामा वाटर बियर भनिन्छ । यो प्राय दलदलमा रहने गर्दछ ।

टार्डिग्रेडका बारेमा शोधकर्ताले यसका दुई प्रजातिको डीएनए परीक्षण गरी यसको जीवित रहने कारणबारे खोजिएको थियो । शोधमा यस जीवको असाधारण र जीवित रहने क्षमताका बारेमा पत्ता लागेको थियो ।

पानी रहने भालूको आठ मोटा मोटा खुट्टा अचम्मको मुख हुन्छ । पानीमा रहे पनि यसलाई शरीरको आकारका कारणले जनावरको श्रेणीमा राखिएको हो ।