देश/प्रदेश

कोरोना संक्रमित कांग्रेस नेता पुनको मृत्यु

By खबरहब

October 21, 2020

डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको मृत्यु भएको छ ।

केआईसिंह गाउँपालिका-४ पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि कैलाली लगिएका उनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालकै आईसीयूमै राखेर उपचारका थालिएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएकाे हो ।

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत थिए ।