खेलकुद

लिड्सको पोस्टमा म्यान्सेचस्टर युनाइटेडको ६ गोल

By खबरहब

December 21, 2020

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको पोस्टमा ६ गोल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे ।

लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए ।

जितसँगै युनाइटेड २६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित लिड्स १७ अंकसहित १४औँ स्थानमा छ ।