रोचक/विचित्र संसार

सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर

By खबरहब

February 22, 2020

महामारीका रुपमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वकै ध्यान तानेको छ ।

चीनको वुहानबाट शुरु भएको भएको कोरोनाका कारण २२ सय मानिसको मृत्यु भइसक्दा विश्वभरका मुलुकले यसबाट बच्न अनेकौ शतर्कता अपनाइ रहेका छन् ।

यसरी विश्वभर कोरोना भाइरसको आतंक जारी रहेको बेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बिचमा भने कोरोना नामक एक बियर भाइरल बनेको छ ।

कोरोनाका कारण विश्व तनाव रहेको बेला इन्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बियरकोे खोजी तिब्र बनेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण रहेकै बेला गुगल लगायतका सर्च इञ्जिन र सामाजिक सञ्जालमा कोरोना नामक बियरको खोजी बढेको हो ।

यसरी कोराना नामक बियरको खोजि हुनुमा कोरोना भाइरसको नामसंग मिल्दो बियरको नाम हो । कोरोनाको नामले लोकप्रिय बनेको यो ब्राण्डको बियर खोजिमा धेरै झुक्किएका हुन् । मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको देखिएको छ ।

कोरोना एक्स्ट्रा अमेरिकाको मेक्सीकोमा उत्पादित एक पहेलो रंगको बियर हो । यो अमेरीका बाहेकका अन्य देशहरुमा पनि बिक्रि वितरण हुदै आएको छ । सब्रेसेरी मोडेलो कम्पीद्वारा उत्पादित कोरोना बियरको माग निकै बढेको ।