मनोरञ्जन

प्रेमिका मिलाउनेलाई २८ लाख पुरस्कार दिने अनौठो घोषणा

By खबरहब

February 22, 2020

काठमाडौं –  एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका मिलाइनेलाई २८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन ।