औषधी/उपचार

शुक्रराज अस्पतालले कोरोना भाइरसको उपचारमा खटाउन माग्यो डाक्टर र नर्स

By खबरहब

March 22, 2020

काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरानाको उपचारमा खटाउन ४४ जना डाक्टर तथा नर्सको आवदेन खुलाएको छ ।

अस्पतालले कन्सल्टेण्ट एनेस्थिेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ अधिकृति४ जना र स्टाफ नर्स २६ जना माग गरेको हो ।

अस्पतालले यी पदहरुमा आवेदन दिने डाक्टर तथा नर्स लाई अन्तरवार्ता लिएर छनोट गरिने जनाएको छ । अन्तरवार्ताबाट छनोट भएका डाक्टर तथा नर्सलाई तीन महिना करार सेवामा राखिने अस्पतालले जनाएको छ ।

यस्तो छ अस्पतालको सूचना