समाचार

सुदूरपश्चिमका अर्को कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ७ पुग्यो

By खबरहब

April 22, 2020

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएका छन् । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ ।

उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुषसँगै सेती प्रादेशिक अस्पतालमा रहेका ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालमा अब २ जना संक्रमित उपचारत छन् ।

यस्तै शुक्रराज अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमति पनि निको भएका छन् । उनी भने डिस्चार्ज भइसकेका छैनन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने कोरोना निको हुनेको संख्या ७ पुगेको छ ।