समाचार

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

By खबरहब

April 22, 2020

काठमाडौं– नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनालाई पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।

बुधबार कोरोनाको संक्रमणको पुष्टि भएका ३ जना पनि यसअघि एकैपटक कोरोना संक्रमण देखिएका १२ जनाको समूहका सदस्य हुन् । यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् ।