देश/प्रदेश

तिब्बत सरकारले दिएको ८ करोड बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रियो

By खबरहब

April 22, 2020

तातोपानी– तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

तातोपानी नाका हुँदै ८ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल भित्रिएको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौं आइपुग्नेछ ।

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा १०–१० हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पीसीआर मेशिन र ५० थान वेट वाइप छन् ।

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।