रोचक/विचित्र संसार

प्रहरीको फन्दाबाट उम्किन कोरोनाले मृत्यु भएको नाटक गरेपछि…

By खबरहब

May 22, 2020

एजेन्सी- विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट ग्रस्त छ । कोरोना महामारीकैबीच विचित्रका समाचाराहरु समेत सार्वजनिक भएका छन् ।

दक्षिण अमेरिकी देश पेरुको एउटा अनौठो घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पेरुका एक मेयरले कोरोना भाइरसबाट आफू मरेको नाटक गरेपछि उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

जब उनलाई प्रहरी पक्राउ गर्न आयो उनी शव राख्ने कफिनमा कोरोनाबाट मरेको नाटक गरेर सुतेका थिए ।

उनको नाम जेमिए रोलान्डो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी लकडाउनको नियम उल्लंघन गरेर साथीहरुसँग मादक पदार्थ सेवन गरिरहेका थिए ।

जब पुलिसले उक्त कुरा थाहा पायो तब पुलिस उनीहरुलाई गिरफ्तार गर्न घर पुगेको जनाइएको छ ।  पेरुको तन्ताराका मेयरलाई समात्न जाँदा प्रहरीले उनलाई मास्क लगाएर मरेको नाटक गरेर अवस्थामा कफिनमा सुतिरहेको भेटाएको थियो ।

पुलिसहरुले उनको तस्वीर खिचेर उनी माथि अनुसन्धान गर्न शुरु गर्दा उनी नशामा नाटक गरेर सुतेको प्रमाणित भएको थियो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।