समाचार

स्याङ्जा र नवलपरासी पूर्वका २० जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

By खबरहब

June 22, 2020

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको हो ।

संक्रमित हुनेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित ८ जना पुरूष र ६ वर्षकी एक बालिका र १ महिला तथा कालिगण्डकी गाउँपालिकाका १४ वर्षीय बालक र ४८ वर्षका पुरूष छन् ।

यस्तै नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका १८ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरूष रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबै भारतबाट फर्किएको खुलेको छ ।