रोचक/विचित्र संसार

अदृष्य शक्तिले चलायो पार्कमा राखिएको व्यायाम मेसिन (भिडियो सहित)

By खबरहब

June 22, 2020

कहिलेकाहिँ सामाजिक सञ्जालमा भाइरल भएका भिडियो हेरेर पनि मानिस आश्र्चयमा पर्ने गर्दछन् । किनकी कुनै कुनै भिडियोमा भएको गतिविधि पत्याउनै नसकिने प्रकारको हुने गर्दछ ।

यस्तै एक प्रकारको भिडियो अहिले भाइरल बनेको छ । जसमा एक मेसिन आफै कसरत गरिरहेको देखिएको छ ।

खासमा, भारतीय क्रिकेटर आकाश चोपड़ाले शेयर गरको भिडियो पार्कमा राखिएको एक शारीरिक ब्यायाम गर्ने मेसिन आफै चलिरहेको छ । यो तीव्र गतीमा आफै माथि र तल गर्दै ब्यायाम गरिरहेको छ । मानौ भिडियोमा अदृश्य चीजले मेसिन चलाउदै ब्यायाम गरिरहेको छ । उक्त भिडियोमा देखिएको मेसिन भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक पार्कको रहेको बताइएको छ ।

भिडियोमा घटनाबारे बुझ्न गएका केहि प्रहरी अधिकारी पनि देखा परेका छन् । भाइरल भिडियोमा देखिएको मेसिनलाई मानिसले भुताहा मेसिनको नामाकरण दिइएको छ ।

भिडियो हेर्नुहोस

Apparently this happened somewhere in UP. Received via WA. Who’s exercising?? 🤷‍♂️ pic.twitter.com/Vbmqlsd0mz

— Aakash Chopra (@cricketaakash) June 12, 2020