रोचक/विचित्र संसार

तीन वर्षीया बालिका वासिङमेसिनमा फसेपछि…

By खबरहब

June 22, 2020

एजेन्सी – साना बालबालिकालाई त्यसै बाहिर छाड्दा कहिलेकाही नसोचेको दुर्घटना हुने गर्छ ।

केही मिनेट नजरबाट हटाउँदा पनि समस्यामा पर्न सकिने हुन्छ । यस्तै भारतमा पनि एक घटना घटेको छ ।

भारतको बैगलुरको एक गाउँमा एक बालिका वासिङ मेसिनमा नै फसेकी छिन् । तीन वर्षीया बालिका वासिङ मेसिनमा फसेपछि बुबाआमा निकै आत्तिए ।

उनीहरुले आत्तिएर वासिङ मेसिनको ढकन नै काटिदिए । काममा व्यस्त हुँदा बालिका मेसिनको ढकन खुल्ला भएको बेला भित्र पसेकी थिइन् ।

बालिकालाई मेसिबाट बाहिर निकाल्न धेरै प्रयास गरे पनि नसकिएपछि मेसिनको ढकननै काटेर निकाल्नु परेको जनाइएको छ । ती महिला करिव आधा घण्टासम्म वासिङ मेसिन भित्र अड्किएकी बताइएको छ।