समाचार

नेपालमा कोरोनाको जोखिम बढेको हुँदा सतर्क रहन डब्ल्यूएचओको सुझाव

By खबरहब

June 22, 2020

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले नेपालमा कोरोना महामारी कायमै रहेकाले सतर्क रहन सुझाव दिएको छ ।

डब्ल्यूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।

नेपालमा लकडाउन खुकुलो भएपछि गतिविधिहरू बढेका छन्, जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।

उनले मानिसहरूलाई भीडभाडमा नजान, अत्यावश्यक अवस्थामा दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुन पनि अपिल गरेका छन् ।