पाल्पामा पहिरोले सवारीसाधन बगायो, २ जनाको शव फेला

By खबरहब

June 22, 2020

पाल्पा- पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ ।

एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै गएको पहिरोले केही सवारी साधन समेत बगाएको जनाइएको छ ।

अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

पहिरोमा चार वटा सवारी साधन पुरिएको आशंका गरिएको छ। प्रहरी, स्थानीयवासी र नेपाली सेना उद्धारमा खटिएका छन्।

शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप, मोटरसाईकल बगाएको र कार बाटोमै पुरिएको छ।

सडक तलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृतकहरुको पहिचान खुल्न सकेको छैन्। घटनास्थमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।