अन्तर्राष्ट्रिय

सर्वसाधारणलाई मास्क लगाउन ट्रम्पको आह्वान

By खबरहब

July 22, 2020

काठमाडौँ – मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् ।

कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गरेका ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार गरेका छन् ।

सर्वसाधारणलाई मास्क लगाउन अपिल गरेका ट्रम्प स्वयम भने उक्त पत्रकार सम्मेलनमा मास्कविना नै उपस्थित भएका थिए ।

अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि सल्लाहकारहरूले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।