समाचार

काठमाडौँ उपत्यकामा ६४७ सहित आज कहाँ कति थपिए संक्रमित (विवरणसहित)

By खबरहब

September 22, 2020

काठमाडौँ- विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।