तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

अर्को वर्ष भारत आउने तयारीमा रुसी राष्ट्रपति पुटिन

By खबरहब

December 22, 2020

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने तयारी भएको छ ।

यही बर्ष सन् २०२० को अन्त्यतिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने तयारीमा लागेको बताइएको छ ।

पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका छन् ।

‘कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थापन गर्न सकिने भयो भने पुटिनले अर्को वर्ष भ्रमण गर्नुहुने छ,’ उनले भने ।

राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उनले बताए ।

आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिए ।