a}7sdf ;xefuL g]tf sf7df8f}F, & k'; -/f;;_M k|wfgdGqL lgjf; afn'jf6/df dªunaf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] s]Gb|Lo sld6L a}7sdf ;xefuL g]tf . t:jL/M k|wfgdGqLsf] gLlh ;lrjfno, /f;;

राजनीति

केन्द्रीय कमिटी विस्तारसँगै नेकपाको प्रदेशगत प्रशिक्षण शुरु

By खबरहब

December 22, 2020

काठमाडौँ– केन्द्रीय कमिटी विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ ।

पार्टीले आजदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो ।

पार्टीले आजै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ।