खेलकुद

कोपा डेल रेमा मेस्सीबिनै ईबिजाबिरुद्ध बार्सिलोना हावि

By खबरहब

January 23, 2020

काठमाडौं – मेस्सीबिना नै कोपा डेल रे फुटबलमा इबिजाबिरुद्ध मैदान उत्रिएको बार्सिलोनाले २ – १ को जित निकालेको छ ।

बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराउँदा एन्टोनी ग्रिजम्यान नायक भए । उनको दुई गोलको सहयोगमा बार्सा बिजयी भएको हो ।

लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो ।

खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाए पनि बार्साका स्टार ग्रिजम्यानले ७२ औ र ईन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई जिताएका हुन ।

बार्सिलोनाले कोपा डेल रे को अहिलेसम्म ३२ पटक उपाधी जितेको छ भने पछिल्ला पाँच सिजनमा उसले चार पटक उपाधी कब्जा गरेको छ ।