देश/प्रदेश

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

January 23, 2020

मोरङ– मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् ।

मोरङको घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर पल्टिएको थियो ।

बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसधनीसमेत रहेका सहचालक विराटनगर-१५ का ३२ वर्षीय सानु साहको दुर्घटनामा मृत्यु भएको हो । बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।