अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण भारतमा मृतकको संख्या ९ पुग्यो

By खबरहब

March 23, 2020

दिल्ली– कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी रहेको जनाइएको छ ।

५५ वर्षे ती व्यक्तिले हालै कुनै पनि विदेश भ्रमण नगरेकाले उनी स्थानीय क्षेत्रमै संक्रमित भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस्तै, सोमबार नै मुम्बई शहरमा अर्का एक जनाको मृत्यु भएको थियो । मुम्बईमा मृत्यु हुने व्यक्ति फिलिपिन्सबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक यसअघि दम र चिनीरोगबाट पीडित थिए ।

कोरोना भाइरसका कारण सोमबारसम्म मुम्बई शहरमा मात्र तीन जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

आइतबारमात्र नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा पनि एक व्यक्तिको मृत्यु भएको थियो ।