फाइल फोटो

अन्तर्राष्ट्रिय

कोरोना भाइरसले भारतमा ६८१ जनाको मृत्यु, २१ हजार बढी संक्रमित

By खबरहब

April 23, 2020

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड व मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म मृत्यु हुनेकाे संख्या ६ सय ८१ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या २१ हजार ३ सय ९३ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टाभित्र भारतमा ३६ जनाकाे मृत्यु भएकाे छ भने १ हजार २ सय ९० जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संक्रमितमध्ये अहिले ४ हजार ३ सय ७० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १६ हजार ३ सय १९ जनामा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन जारी राखिएको छ ।