अन्तर्राष्ट्रिय

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २१ हजारभन्दा बढीको मृत्यु

By खबरहब

May 23, 2020

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९६६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ ।

एकै दिन १९ हजार ९६९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ३० हजार ८९० पुगेको छ ।

१ लाख ७४ हजार ११२ जनाको उपचार भइरहेको छ भने १ लाख ३५ हजार ४३० जना संक्रमण मुक्त भएका छन् ।