देश/प्रदेश

प्रदेश ५ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

By खबरहब

May 23, 2020

रुपन्देही- प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण बजेटको स्वरुप नै परिवर्तन गनुपर्ने बताए ।

प्रदेश प्रमुख यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कोरोनाको कारण आगामी दिनमा पर्नसक्ने असरलाई कम गर्ने उद्देश्यका साथ कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गरिने उल्लेख छ ।

सडक पूर्वाधार, मर्मत सम्भार गर्ने, प्रदेशभित्र वैज्ञानिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ