Health workers wait to screen stranded Indians who arrived from Singapore at the Indira Gandhi international airport in New Delhi, India, Friday, May 8,2020. India is carrying out several repatriation flights to bring back citizens stranded in various countries. (AP Photo/Manish Swarup)

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४५ हजार संक्रमित

By खबरहब

July 23, 2020

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

कुल संक्रमित संख्या १२ लाख ३९ हजार पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५२८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २९ हजार ८९० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।