रोचक/विचित्र संसार

लोखर्केले पानी मागेर खाएको भिडियो भाइरल

By खबरहब

July 23, 2020

के तपाईंले कहिल्यै कुनै लोखर्केलाई मानिसले झै बोतलबाट पानी पिएको देख्नु भएको छ । अझ एक बालक झै मानिससँग पानी मागेर लोखर्केले पानी पिएको देख्नु भएको छ ।

सामाजिक सञ्जालमा अहिले एक लोखर्केले बोतलबाट पानी पिएको भिडियो भाइरल भएको छ ।

सुसान्त नन्दा नामक एक ब्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेको तिर्खाएको लोखर्केले पानी पिएको भिडियो भाइरल बनेको छ । यो लोखर्केले यति मायालु पाराले पानी माग्छ, जसलाई हेर्ने जोकोहिको अनुहारमा मुस्कुराहट आउने गर्दछ ।

तिर्खाएको लोखर्केको यो भिडियो यति मनमोहक छ कि तपाईँले नहेरी बस्नै सक्नु हुन्न । उक्त लोखर्के आसपासमा रहेका केहि मानिसको छेउमा आउँछ । र हातमा पानीको बोतल बोकेको एक युवाको छेउमा पुगेर इशाराले पानी माग्दछ ।

सुरुमा ति युवाले लोर्खकेको भाव बुझ्दैनन् । तर तत्काल पानीको बोतल खोलेर पिउन दिन्छन् । त्यसपछि लोखर्केले घटाघट सानो बच्चाले झै बोतलबाट पानी पिउन शुरु गर्दछ ।

Squirrel asking for water…. pic.twitter.com/JNldkB0aWU

— Susanta Nanda IFS (@susantananda3) July 16, 2020