p4f/df g]kfnL ;]gf bdf}nL, @( c;f/ M tgx'Fsf] Jof; gu/kflnsf–% rfkf3f6l:yt sfnLe~hg u0f -O_ af6 vl6Psf g]kfnL ;]gf Jof; gu/kflnsf–( dfemkmfF6df ;f]daf/ klx/f]df k'l/P/ a]kQf ePsfsf] vf]hL ub}{ . dfemkmfF6df klx/fn] k'l/P/ d[To' ePsf tLg hgfsf] zj km]nf k/]sf] 5 eg] Ps hgf a]kQf 5g . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

समाचार

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

By खबरहब

July 23, 2020

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जनशक्ति र स्रोतसाधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरणको कामलाई जारी राखेको छ ।

परिचालित फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ।

सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा पहिराका कारण विपदमा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ ।

सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिराबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरेको जानकारी दिएको छ ।

रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगेको थियो ।

प्राकृतिक प्रकोपका घटनामा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि सेनाले काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखेको जानकारी गराएको छ ।