समाचार

न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा,  विभिन्न ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

By खबरहब

August 23, 2020

काठमाडौँ –   भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।