फाइल फोटो

देश/प्रदेश

बागमती प्रदेशका मुख्यमन्त्रीलाई थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

By खबरहब

October 23, 2020

काठमाडौँ– कोरोना भाइरस संक्रमित बनेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।

मुख्यमन्त्री पौडेललाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइएको हो । उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले जानकारी दिए ।

‘उहाँमा सामान्य रुघाखोकी मात्र छ, अरु लक्षण देखिएको छैन’ दाहालले भने ‘केही समयअघि मुटुको अपरेसन गरेका कारण समयमै सचेतता अपनाउँदै गंगालालमा पठाइएको मात्र हो ।’