समाचार

संयमित भएर चाडपर्व मनाऔं : अध्यक्ष प्रचण्ड

By खबरहब

October 23, 2020

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।

शुक्रवार अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना सन्देश जारी गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको भन्दै उनले संयमित हुनुपर्ने सन्देशमा बताएका छन् ।

अध्यक्ष प्रचण्डले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वले आपसी संहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने समेत जनाएका छन् ।

अध्यक्ष दाहालद्वारा जारी शुभकामना