खेलकुद

म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा

By खबरहब

December 23, 2020

काठमाडौँ– म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर सेमिफाइनलमा पुगेको हो । आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो ।

सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे । आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् ।

यस्तै मंगलबार राति नै भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० को जित निकालेर ब्रेन्टफोर्ड पनि अन्तिम चारमा पुगेको छ ।

६६ औँ मिनेटमा जोश डासिल्भाले गरेको गोलले ब्रेन्टफोर्डलाई क्लबको इतिहासमा पहिलो पटक प्रमुख प्रतिस्पर्धाको सेमिफाइनलमा लगेको हो ।