खेलकुद

स्पोर्ट्स अवार्डका लागि मञ्च र डिस मिडियाबीच सहकार्य

By खबरहब

December 23, 2020

काठमाडौँ- डिस मिडिया नेटवर्कले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डसँग सहकार्य गर्ने भएको छ ।

बुधबार प्रायोजन सम्झौता गरेर मञ्च र डिस मिडियाबीच सहकार्य भएको हो । मञ्ज र डिस मिडियाबीच पछिल्लो झण्डै एक दशकदेखि सहकार्य गर्दै आएको छ ।

यस वर्ष डिस मिडियाले जिन्सी र नगदसहित ११ लाख बराबर सहयोग गर्नेछ । जसमध्ये ७ लाख नगद र ४ लाख बराबरको अवार्डको मनोनयनमा र विजेता खेलाडीलाई सेटअफ बकस दिनेछ। मञ्चले पुस २८ गते अवार्ड कार्यक्रम गर्नेछ ।