नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने

By खबरहब

January 24, 2020

काठमाडौं- नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।

काठमाडौंको छाउनी र नगरकोटमा हुने अभ्यास आगामी फागुन ५ गतेदेखि शुरु हुनेछ । यो अभ्यास चैत ६ गते सकिनेछ ।

यो अभ्यासमा नेपाली सेनाका ३६ र अमेरिकी सेनाका ९ जना सहभागी हुनेछन् ।

अभ्यास दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानून, घाइतेहरूको उद्धार र शहरी विद्रोह नियन्त्रणमा केन्द्रित हुनेछ ।