आर्थिक

फेरि बढ्‌यो सुनको मूल्य

By खबरहब

January 24, 2020

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बिहीबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।